अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउँदैनन् : वरिष्ठ नेता नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन् ।    विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँगको भेटघाटमा उनले निर्दोष र निरापराधी फस्न नहुने कुरामा जोड दिए । पूर्वप्रधानमन्त्री नेपालले एमसिसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा…