सौराहा, चितवन । हात्ती सफारी हुँदा ऊ आफैँ चर्ने गर्दथ्यो । घाँस काटेर पनि खुवाइन्थ्यो । लकडाउनमा सफारीमात्र होइन घाँस काट्न पनि नमिल्ने भएपछि सौराहाका व्यवसायीलाई बाँधेर हात्ती पाल्न गाह्रो हुन थालेको छ । सामुदायिक वनहरुमा अहिले घाँस काट्न जान रोकिएको छ । पर्यटकीय गतिविधि बन्द भएसँगै अहिले हात्ती पाल्न कठिन भएको हो ।…