नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

काठमाडौँ । मुलुकको वास्तविक नक्सा निशान छापमा समावेश गर्न शनिबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ ।     दसकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक शनिबारको प्रतिनिधिसभा बैठकबाट दुई तिहाइभन्दा बढी मतले पारित गरिएको…