काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ बाट आज थप एक जना मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्घाखाँची मालारानी गाउँपालिका–४ का ५७ वर्षका पुरुषको निधन भएको बताए । गत बुधबार लुम्बिनी अस्पताल बुटवलबाट उपचार गरी घर फर्कने क्रममा कोद्रे खोला नजिक उनको निधन भएको…