दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसमा जनताको आकर्षण नघटेको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ खहरेमा आज आयोजित कार्यकर्ता भेटघाटमा नेता रिजालले जनताको भरोसा कांग्रेस पार्टीप्रति रहेको बताए । नेता रिजालले जनताको समस्यामा कांग्रेस सदैव साथ रहेकाले पार्टी जनताको मनमनमा बस्न सफल भएको बताए । गत निर्वाचनमा थोरै मतले कांग्रेस पराजित…