गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक : अध्यक्ष यादव

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले  सङ्घीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।     सङ्घीय प्रेस फोरम पर्साले वीरगञ्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा उनले सङ्घीयता र गणतन्त्र जस्ता प्राप्त उपलब्धि गुमिने खतरा उत्पन्न भएकाले वर्तमान राजनीतिक जटिलताबाट मुलुकलाई बाहिर निकालन सबै…