काठमाडौँ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइँलगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए…