काठमाडौँ । नेपाल पत्रकार महासंघले झापास्थित बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ । अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि निर्देशक प्रसाईंले पत्रकार सम्मेलन गरेर पत्रकारलाई सार्वजनिकरूपमा धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी काम भएको महासंघको भनाइ छ । महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक…