काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनताको साथ र सहयोग कारण आफ्नो अडानमा कायम रहेको बताएका छन् । गृह जिल्ला सिन्धुपाल्चोकको दुईदिने बसाइँका क्रममा आइतबार लिसङखुपाखर गाउँपालिका–ं३ स्थित घिच्चेत उसिदुम माध्यमिक विद्यालयको ५३औँ जन्मोत्सव तथा भूतपूर्व विद्यार्थी मिलन कार्यक्रममा सभामुख सापकोटाले जनताको साथ र सहयोगमा आफैँले कल्पना नगरेको अडान लिइरहेको बताए । …