मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमसिसीको विरोधमा प्रदर्शन गर्ने १३ जना प्रहरी नियन्त्रणमा

एमसिसीको विरोधमा प्रदर्शन गर्ने १३ जना प्रहरी नियन्त्रणमा


काठमाडौँ । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । संसद् भवन नयाँ बानेश्वर परिसरमा भएको एमसिसी विरोधी प्रदर्शनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । 
 
प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीका अनुसार प्रहरीतर्फ १० घाइते भएका छन् । अहिले उपत्यकाको सुरक्षा अवस्था सामान्य रहेको छ । प्रदर्शनकारीतर्फ पनि केही व्यक्ति घाइते भएको बताइएको छ ।
 
भीड नियन्त्रणमा लिन प्रहरीले सामान्य लाठीचार्ज, अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्नाका साथै सडक अस्तव्यस्त पारेका थिए । 
 
बिजुली बजारदेखि बानेश्वर हुँदै तीनकुने पुलसम्म प्रदर्शनकारीको अवरोधले कामकाजी सर्वसाधारणले सास्ती बेहोर्नुपरेको थियो । सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गरी उल्लेख्य सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिको थियो । रासस 

शेयर गर्नुहोस:

486
Shares