मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार एक हजार ३३८ जना सङ्क्रमणमुक्त

आइतबार एक हजार ३३८ जना सङ्क्रमणमुक्त


काठमाडौँ । पछिल्लो २४ घन्टामा एक हजार ३३८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५१ हजार ३९४ सङ्क्रमणमुक्त भएका छन् । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २४४ रहेको छ । जसमध्ये ११ हजार ७५४ सक्रिय सङ्क्रमित होम आइसोलेसनमा छन् । ४९० संस्थागत आइसोलेसनमा छन् । उनीहरूमध्ये १३६ जनाको आइसियू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 
यस अवधिमा थप २६२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ५७२ पिसिआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ लाख १४ हजार १५६ पुगेको छ । यस अवधिमा चार जनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२१ पुगेको छ । रासस