न्यायिक समितिमार्फत सहज न्याय निरुपण हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले न्यायिक समितिमार्फत न्याय निरुपण र मेलमिलापमा जोड दिएको बताएका छन् ।    पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा आज आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाई जनताले आधारभूत सेवासुविधा घरदैलोमा पाउने गरी विभिन्न प्रबन्ध गरेको र यसैमध्येको सहज र सुलभ न्याय…