प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्तावले उत्पन्न गरेको तरङ्ग

काठमाडौँ । आइतबार बिहानै संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भयो । यो समाचार यसरी फैलियो कि धेरैले एकैपटक पत्याएनन् ।   संसदीय मामिला र राजनीतिक ब्युरोमा रहेर समाचार सङ्कलन गर्ने कुनै पनि पत्रकारले सुइँकोसमेत पाएका थिएनन् । यद्यपि यसको तयारी धेरै दिन पहिल्यैदेखि भित्रभित्रै भएको रहेछ । सचिवालयमा प्रस्ताव दर्ता भएपछि…