रुसी आक्रमणको विरोधमा शान्ति समाजको प्रदर्शन

काठमाडौँ । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित प्रदर्शन गरिएको छ ।   मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको आयोजनामा आज बौद्धमा प्रदर्शन गरिएको हो । बौद्धनाथ चैत्यअघि सम्पन्न प्रदर्शनमा शान्तिवादीहरूले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी…