काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङजस्ता व्यवसाय गैरकानुनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारबाही हुने चेतावनी दिएको छ । व्युरोले आइतबार एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले व्युरोबाट सूक्ष्म निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्तिउपर अनुसन्धान गरी कानुनी कारबाहीसमेत जारी रहेका…