मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सोमबार थप ८९५ मा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

सोमबार थप ८९५ मा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु


काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा आठ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । 
 
सो अवधिमा पाँच हजार नौ सय नौ जनाको नमूना परीक्षण गरिएको थियो । तीन हजार छ सय ८५ जनाले पिसिआर र दुई हजार दुई सय २४ सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  
 
गत २४ घन्टामा दुई ६४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार तीन सय २६ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
 
पछिल्लो २४ घण्टामा ३३ हजार एक सय ७६ जनाले कोभिड बिरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नौ सय ३४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६८ पुगेको छ । होम आइसोलेशनमा चार हजार सात सय ९२, संस्थागत आइसोलेसन एक सय ४२ र आइसियू ३६ र भेन्टिलेटरमा पाँच जना सङ्क्रमित रहेका छन् । 
 
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कास्की रहेको छ ।  
 
सून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार आठ सय ७२ र ललितपुर पाँचा सय ४३ र भक्तपुरमा ३० सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।  रासस

शेयर गर्नुहोस:

135
Shares