काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको अवलोकन गरेका छन् । सो अवसरमा नेपाली सेनाको टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगन, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ…