काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । त्रिभुवन विमानस्थल भन्सारका एक अधिकारीले मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको पाइएको बताए । प्रहरीले अहिले विमानस्थलमा अपरेशन गरिराखेको छ । सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा प्रहरीले एक भन्सार एजेन्ट र ट्याक्सी…