मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
नेपाल   

विदेशमा वस्ने नेपालीहरु मिलेर लुम्बिनीमा रहेको टाइगर प्यालेस किने

विदेशमा वस्ने नेपालीहरु मिलेर लुम्बिनीमा रहेको टाइगर प्यालेस किने

अमेरिकामा दर्ता भएको कम्पनी नयां मालिक, पांच अर्व रुपैंया भन्दा वढी लगानी

हिमालयखवर विशेष

शेयर गर्नुहोस:

24.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी(नेपाल) – लुम्बिनीमा रहेको पांच तारे होटल टाइगर प्यालेस विदेशमा वस्ने नेपालीको समुहले किनेका छन् । अमेरिकाको डिलावारमा दर्ता भएको नेपालयन टाइगर इन्भेष्टमेण्ट एलएलसीले एक साता अघि उक्त होटल खरिद गरेको हो ।

बुद्धि सुवेदी
बुद्धि सुवेदी

खरिद मूल्य सार्वजनिक गरिएको छैन । तर, स्रोतले करिव ५ देखि ६ अर्ब रुपैंयाको बिचमा रहेको वताएको छ । नेपालयन टाइगर इन्भेष्टमेण्ट अमेरिकामा व्यवसाय गर्दै आएका बुद्धि सुवेदीको नाममा दर्ता छ । सुवेदी एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष हुन । गत साता मात्र उनको कार्यकाल सकिएको थियो । उक्त कम्पनीमा सुवेदी लागयत अमेरिका क्यानडा युरोप लगायतका नेपाली संलग्न भएको वताईएको छ । किन्ने समुहले उक्त होटलका नाममा रहेको सवै ऋण पनि स्विकार गरेको छ । यो खरिद विक्री नेपालमा भएको ठुला किनवेच मध्ये एक हो ।

विदेशी लगानी हुने गरी उक्त होटलको शेयर खरिद विक्री भएको हो । नेपालको सर्वोच्च अदालतले कम्पनीको शेयर खरिद विक्रीमा रोक लगाएकाले अफसोर फाइनान्स मार्फत २ साता अघि किनवेचको टुंगो लागेको वताईएको छ । यो कारोवार गर्न सुवेदी हाल नेपालमा रहेको वताईएको छ । उक्त होटलको जमिन भित्र पर्ने कुलोको विषयलाई लिएर यो मुद्दा अदालतमा पुगेको थियो । मुद्दा अदालतमा विचाराधिन रहेकाले यो होटलको स्वामित्व किनवेच विदेशमा भएको हो । यसका लागि अमेरिकाको सिकागो, अष्टेलिया,हंगकगं र नेपालमा वकिलले काम गरेका थिए ।

भैरहवा नजिक रहेको बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर वनाईएको यो होटलमा अहिले १०५ कोठा छन् । क्यासिनो लगायतका सुविधा भएको यो होटल करिव १७ विघा जमिनमा फैलिएको छ । यसवाहेक झापामा उक्त होटकका नाममा ११ विघा जमिन छ । काठमाडौमा पनि उक्त होटलका नाममा व्यवसाय छ । नयां लगानीकर्ताले होटलको मर्मत लगायत क्षमता विस्तारका लागि थप लगानी गर्ने योजना रहेको वताईएको छ ।

विदेशी लगानीमा वनेको यो होटल लगानीकर्ता विचको विवादले राम्रोसंग संचालन हुन सकेको थिएन । तस्बिर: सामाजिक संजाल