चितवन । पूर्वी चितवनको रत्ननगर–१, सौराहाचोकस्थित होटल रिदमको कोठा नं २०१ मा आइतबार आत्महत्याको प्रयास गरेका एक युवालाई रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले उद्धार गरेका छन् । मिटर ब्याजबाट पीडित रत्ननगर–१०, पर्सौनीका युवा (नाम गोप्य राखिएको)ले होटलको कोठाबाट सुसाइट नोट लेखेर दिउँसो १ः०९ बजे मेयर सापकोटालाई फोन गर्दै भनेका थिए, ‘ब्याजी टोलीले बाँच्न दिएनन्, अन्तिम…