काठमाडौँ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले न्याय प्रक्रियालाई छिटो सम्पन्न गर्नका लागि सजाय छूटसम्बन्धी निर्देशिकाले सहयोग गर्ने बताएका छन् । महान्यायाधिवक्ता कार्यालयले आइतबार आयोजना गरेको सजाय छूट दिने माग दाबीसम्बन्धी निर्देशिक, २०८० कार्यान्वयनसम्बन्धी छलफलमा उनले अभियुक्तलाई थुनेर राखेर मात्रै नहुने हुँदा सजाय छूटसम्बन्धी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्नुपरेमा जोड दिए । “नयाँ अवधारणा आउँदा मानिसलाई अप्ठ्यारो…