मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सिमकार्ड डुप्लिकेसन गरी छ लाख बढी ठगी गर्ने पक्राउ

सिमकार्ड डुप्लिकेसन गरी छ लाख बढी ठगी गर्ने पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरीले सिम ‘डुप्किकेसन’ गरी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका घर भई हाल गोकर्णेश्वर-२ नयाँपाटीमा बस्दै आएका २२ वर्षीय सरोज दिवाली रहेका छन् ।

दिवालीले मोबाइल सेवा प्रदायक कम्पनीबाट सिमकार्ड आफ्नो नाममा नामसारी गरी सोही मोबाइल नम्बरबाट ६ लाख २ हजार ५५८ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पुर्‍याई पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

दिवालीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।