मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँ हत्या घटनाका आरोपी पक्राउ

काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँ हत्या घटनाका आरोपी पक्राउ


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । शुक्रबार राति काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी निज अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो । उक्त घटनापछि खुकुरीसहित भागेका निज आरोपीलाई प्रहरीले सिसी टिभी फुटेजको सहयोगमा पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले पत्रकार सम्मेलनमा बताए ।

उनले भने, “बोल्न नसक्ने निज भण्डारीलाई केही समयअघि चाबहिलमा नवीन राई सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर रिसिइबी बढेको र त्यसकै निहुँमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।”

चार जनाको हत्या गरेपछि आरोपी भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए र त्यहाँ उनको साथीको घर भएको तथा राति मूलगेट लगाएको बेला उनी रूखमा चढेर घरको कम्पाउन्डभित्र पुगेका थिए । तर त्यहाँ उनले साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक राठौरले जानकारी दिए ।

नवीनसँग मात्रै दुश्मनी भए पनि पोल खुल्ने डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । जन्मजात बोल्न नसक्ने हत्या आरोपी भण्डारीको प्रहरीले दोभाषेको सहयोगमा बयान लिइएको जनाइएको छ ।

शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उनकी पत्नी अम्बिका भुजेल र उनकी आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।

शेयर गर्नुहोस:

270
Shares