काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका तथा चोरी भएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित सवारीसाधनधनीलाई हस्तान्तरण गरेको छ। कार्यालयले एक महिनादेखि सञ्चालन गरिएको विशेष खोज अभियानबाट फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर आज आयोजित कार्यक्रममा सम्बन्धित सवारीसाधनधनीलाई बुझाएको हो। प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले हराएका तथा चोरी भएका…