राजनीति-समाज

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बिहीबार बदर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र सुनिलकुमार पोखरेलको इजलासले निगमका सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमा आंशिक आदेश जारी गर्दै श्रेष्ठको नियुक्ति बदर गरेको हो ।

Advertisement

श्रेष्ठलाई मन्त्रिपरिषद्को बैठकले नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्ष तथा कार्यकारी अध्यक्षका रूपमा नियुक्त गरेको थियो । उनलाई महाप्रबन्धक (एमडी) को समेत जिम्मेवारी सम्हाल्ने गरी दोहोरो जिम्मेवारी दिइएको थियो ।

श्रेष्ठको नियुक्ति कानुनविपरीत भएको तथा उमेर हदसमेत उल्लङ्घन भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । रिटमा एउटै व्यक्तिलाई सञ्चालक समिति अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारीसमेत दिने सरकारको निर्णय कानुनअनुकूल नभएको दाबी गरिएको थियो ।

मन्त्रिपरिषद्ले श्रेष्ठलाई निगमको नेतृत्व दिने निर्णय गरेपछि उनको उमेरलाई लिएर पनि प्रश्न उठेको थियो । सर्वोच्चको आदेशसँगै श्रेष्ठ कार्यकारी अध्यक्षको जिम्मेवारीबाट पदमुक्त भएका छन् । अदालतको निर्णयपछि अब नेपाल वायुसेवा निगमको नेतृत्वसम्बन्धी नयाँ प्रक्रिया अघि बढ्ने भएको छ ।