मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

प्राकृतिक सम्पदालाई मुलुकको हितमा प्रयोग गर्न सक्नुपर्छ : अर्थमन्त्री पौडेल

प्राकृतिक सम्पदालाई मुलुकको हितमा प्रयोग गर्न सक्नुपर्छ : अर्थमन्त्री पौडेल


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्राकृतिक सम्पदाहरूको अधिकतम प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘पर्वतीय पर्यटन स् हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन पछि प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले नेपाल प्राकृतिक स्रोत साधनमा धनी रहेको र यसको प्रयोगमार्फत लाभ लिन सक्नुपर्नेमा जोड दिए ।

Advertisement

“नेपाल प्राकृतिक सम्पदाका दृष्टिकोणले सम्पन्न छ । हिमाल, वनजङ्गल, दुर्लभ वन्यजन्तु, वनस्पतिलगायत हरेक हिसाबले नेपाल सुन्दर छ । सांस्कृतिक रूपमा पनि हामी उत्तिकै सम्पन्न र समृद्ध छौँ”, अर्थमन्त्री पौडेलले भने, “हामीलाई प्रकृतिले दिएको वरदानलाई मुलुकको आर्थिक उन्नति र समृद्धिका लागि सदुपयोग गर्नुपर्नेछ ।”

त्यस्तै, आगामी आर्थिक वर्ष २०८२-८३ का लागि संसद्मा प्रस्तुत भएको बजेट कार्यान्वयन कसरी हुन्छ रु भन्ने राससको प्रश्नमा अर्थमन्त्री पौडेलले विद्यमान अवस्था र वस्तुस्थितिलाई सही ढङ्गले आकलन गरेर बजेट आएको उल्लेख गर्नुहुँदै कार्यान्वयन पनि प्रभावकारी रूपमा दाबी गरे ।

“आगामी आर्थिक वर्षको बजेट हाम्रो धरातलीय यथार्थभित्र रहेर ल्याइएको छ । हाम्रो स्रोत र खर्चको अनुमान यथार्थपरक छन् । अहिले पुँजीगत खर्चको न्यूनतालाई कसरी हटाउने भन्ने मुख्य चुनौती हो”, अर्थमन्त्री पौडेलले भने, “बजेट संसद्मा प्रस्तुत भएलगत्तै कार्यान्वयन गर्न सकिनेगरी प्रबन्ध गरिएको छ । यसअर्थमा आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।”

तस्बिर अवलोकनमा अर्थमन्त्री पौडेललाई स्वागत गर्नुहुँदै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले देशका विभिन्न स्थानमा रहेका हिमाल तथा हिमाली पर्यटकीयस्थल, हिमाली जनजीवन बुझाउने प्रमुख उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताए ।

यही जेठ ११ गतेदेखि सुरू भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली क्षेत्रको जनजीवन र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

शेयर गर्नुहोस:

81
Shares