लुम्बिनी । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको सङ्केत देखा परेको अवस्थामा पवित्रस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउनुपर्ने बताएका छन् । बुद्धजन्मस्थल लुम्बिनीमा बुधबारदेखि सुरु भएको चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा शान्तिको सन्देश फैलाउन त्रिपिटक पाठ वाचनबाट शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पूर्वाधार विकाससँगै…