रूपन्देही । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रेम रावतले शनिबार नेपालमा हजारौँ स्रोताहरूलाई सम्बोधन गरेका छन् । रूपन्देहीको सैनामैना–७ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आत्मज्ञान प्रचार संघले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “म आज यहाँ तपाईंहरूलाई मानिसको जीवन अनमोल छ र यो फेरि पाइँदैन भन्ने कुरा सम्झाउनका लागि आएको…