मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राप्रपाद्वारा पार्टीको हितविपरीत हुने कुनै क्रियाकलाप नगर्न आग्रह

राप्रपाद्वारा पार्टीको हितविपरीत हुने कुनै क्रियाकलाप नगर्न आग्रह


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हितविपरीत हुने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ।

आज राप्रपाको केन्द्रीय अनुशासन समितिका अध्यक्ष एवं पार्टीका वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको हितविपरीत हुने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले एक प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी दिए।

Advertisement
ADVERTISEMENT

‘बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र बृहतर हितविपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यममा लिखित वा मौखिक रूपमा कुनै पनि किसिमको अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै क्रियाकलाप नगर्न/नगराउन हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछ’, प्रवक्ता श्रेष्ठद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ।

शेयर गर्नुहोस:

81
Shares