काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम संस्कृतिको सम्मानसहित सीपवान् र शीलवान् नागरिक तयार गर्नेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका छन् । नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औँ जन्मजयन्ती (हीरक महोत्सव) का अवसरमा आयोजित कार्यक्रममा उनले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र…