मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

इरानको जेलमा रहेका पाँच नेपाली थुनामुक्त भइ स्वेदश फिर्ता

इरानको जेलमा रहेका पाँच नेपाली थुनामुक्त भइ स्वेदश फिर्ता


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । इरानको जेलमा रहेका पाँच नेपाली परराष्ट्र मन्त्रालयलको पहलमा नागरिक थुनामुक्त भइ स्वेदश फर्किएका छन् । उनीहरुलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा बिहीबार काठमाडौँ ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्नुहुने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनप्रति धन्यवाद ज्ञापन गरेको छ ।

Advertisement

इजरायल र इरानबीच गत जुन १३ देखि सुरु भएको द्वन्द्व जुन २३ का दिन दुवै पक्षबीच युद्धविराम भए पश्चात शान्ति सुरक्षाको स्थिति क्रमशः सहज हुँदै गएकाले जनजीवन सामान्यतर्फ उन्मुख छ ।

उक्त अवधिभित्र दुवै मुलुकमा रहेका नेपालीहरुको हकहित र सुरक्षालाई मध्यनजर गर्दै मन्त्रालयले यात्रासम्बन्धी सुझाव र सूचना जारी गरेको थियो । साथै आवश्यक परेको बखत आपतकालीन उद्धारका लागि विवरण सङ्कलन गरिएको थियो ।

द्वन्द्वको अवधिमै नेपाल सरकारले भारत सरकारलाई गरेको अनुरोधलाई सम्मान गर्दै ‘अपरेसन सिन्धु’ अन्तर्गत भारतीय नागरिकहरुलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन चरणमा नौ जना नेपाली नागरिकलाई यसअघि नै इरानबाट उद्धार गरी भारत हुँदै निजहरु सबै जना स्थलमार्गबाट सकुशल आआफ्नो घर फिर्ता भइसकेका छन् ।

शेयर गर्नुहोस:

54
Shares