मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राजनीतिमै सक्रिय भइ मुलुक र नागरिकको सेवामा समर्पित हुनेछु : पूर्वराष्ट्रपति भण्डारी

राजनीतिमै सक्रिय भइ मुलुक र नागरिकको सेवामा समर्पित हुनेछु : पूर्वराष्ट्रपति भण्डारी


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मातृपार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले)मै  रही मुलुक र नागरिकको सेवामा समर्पित हुने बताएकी छन् ।

शुक्रबार पत्रकार भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले आफूले जननेता मदन भण्डारीबाट एमालेको सदस्यता प्राप्त गरी शपथ लिएको उल्लेख गर्दै पार्टीको निर्णयबमोजिम राष्ट्रपतिबाट जिम्मेवारी पूरा गरी पुनः एमालेमै फर्किएको बताइन् ।

Advertisement

“म राजनीति गरेरै राष्ट्रपति पदमा निर्वाचित भएकी हुँ र बाँकी जीवन पनि राजनीतिमा समर्पित गर्नेछु”, उनले भने, “मलाई कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति छैन, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम लेखिसकेकी छु ।”

पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नभएको समेत बताइन् । एमालेको हालै सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नमिल्ने भन्दै पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)प्रति एमालेका नेता, कार्यकर्ता र जनसङ्गठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज पार्टीले सफलता हासिल गरेको बताइन् ।

“पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रै हो । जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर मुलुकलाई समुन्नत बनाउन सकिन्छ”, उनले भनिन् ।

शेयर गर्नुहोस:

108
Shares