महामन्त्री शर्माको संयोजनमा सगरमाथा आधार शिविरमा विशेष संवाद

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा आज ‘सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयमा विशेष संवाद सम्पन्न भएको छ। महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डे सगरमाथामा आधार शिविर पुगेको शर्माको सचिवालयले जनाएको छ। संवाद ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी…