रसुवागढी सुरूङमा फसेका ९३ जनाको खोजीमा ‘रक क्लाइम्बर’देखि हेलिकप्टरसम्म परिचालन

रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य जारी छ । रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार सम्पर्कविहीन हुनेमा आयोजनाका ५१ कर्मचारी, एक सञ्चालक, दुई दैनिक ज्यालादारी कामदार तथा तीन ठेकेदार कम्पनीका ३९ जना छन् । सम्पर्कविहीन भएकाको खोजीका लागि नेपाली सेनाको उद्धार टोली आयोजनास्थल पुगेको छ…