नेपाल

चौबीसघन्टामा ६३४ जना सवारी चालकलाई ट्राफिक कारबाही

चौबीसघन्टामा ६३४ जना सवारी चालकलाई ट्राफिक कारबाही


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ६३४ जना सवारी चालकलाई कारबाही गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो ।

Advertisement

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६०, सिसीटिभीबाट पहिचान भएका ५३, संकेत बत्ती उल्लंघन गर्ने २८ र तीव्र गतिमा सवारी चलाउने ९३ जना छन् ।

त्यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने पाँच जना, लेन उल्लंघन गर्ने पाँच, सवारीसाधनको अवस्था ठिक नभएका १२ र एकतर्फी सडक अनुशासन पालना नगर्ने पाँच जनालाई कारबाही गरिएको उक्त कार्यालयले जनाएको छ ।

अन्य विभिन्न सवारी नियम पालना नगर्ने ३७३ जनालाई जरिवानासहितको कारबाही गरिएको छ । ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ । सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले आग्रह गरेको छ ।

सवारी नियमको पालना गर्नु चालकको जिम्मेवारी मात्र नभई पैदल यात्रीको सुरक्षासँग जोडिएको विषय भएकाले ट्राफिक प्रहरीले नियम उल्लंघन नगर्न सबैमा अनुरोध गरेको छ ।