काठमाडौँ । ‘भ्रष्टाचारको चपेटामा देश’ नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा हेम–सरिता पाठक फाउन्डेसन नेपाल शाखाले म्युजिक भिडियो सार्वजनिक गरेको हो । फाउन्डेसन लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय छ । अभियानअन्तर्गत नै उक्त म्युजिक भिडियो बनाइएको फाउन्डेसनका संरक्षक सरिता पाठकले बताइन् । सो अवसरमा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलादेवी गड्तौलाले…