मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युयोर्क   
मनोरञ्जन   

न्यूयोर्कको रमझम साँझ: राजेशपायल राईसहित दर्जनभन्दा बढी कलाकारको प्रस्तुति

न्यूयोर्कको रमझम साँझ: राजेशपायल राईसहित दर्जनभन्दा बढी कलाकारको प्रस्तुति

- सन्तोष शर्मा

हिमालय खबर

शेयर गर्नुहोस:

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क (अमेरिका)- यही डिसेम्बर २८ मा न्यूयोर्कमा आयोजना हुने “रमझम साँझ” कार्यक्रमको तयारी तीव्र पारिएको छ। नेपाली अमेरिकन कलाकार सङ्घ न्यूयोर्कको आयोजनामा हुन लागेको यस सांस्कृतिक कार्यक्रममा आवश्यक तयारी भइरहेकाे आयोजकले जानकारी दिएको छ।

कार्यक्रमका मुख्य आकर्षणका रूपमा चर्चित गायक राजेशपायल राई रहने छन्। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित कलाकारहरू राजन ठुकुरी, सिर्जना बिरही थापा, नृत्य निर्देशक शंकर बीसी, शिव बीके, बाबु थापा, र नृत्य तथा मोडल कलाकारहरू पार्वती राई र रश्मी तामाङलगायत दर्जनभन्दा बढी कलाकारको प्रस्तुति रहने छ।

तयारीको बारेमा जानकारी दिँदै नेपाली अमेरिकन कलाकार सङ्घका वरिष्ठ उपाध्यक्ष विमल डाँगीले कार्यक्रमको आयोजनाको मुख्य उद्देश्य नेपाली कला, संस्कृति, र परम्पराको मौलिकतालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नुका साथै नेपाली कलाकारहरूको गरिमालाई प्रवर्द्धन गर्नु रहेको बताए।

त्यस्तै, सङ्घकी महासचिव संगीता  थापाले यो कार्यक्रम अघिल्लो वर्षको निरन्तरता भएको र कार्यक्रम बेलुका ७:३० बजेबाट राति २ बजेसम्म सञ्चालन हुने जानकारी दिइन्।

कार्यक्रममा प्रवेश शुल्क नियमित टिकटका लागि ५० डलर र विशिष्ट प्रवेशका लागि १०० डलर तोकिएको छ।

यस कार्यक्रम क्रिसमस २०२४ र अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजना गर्न लागिएको हो। सङ्घकी अध्यक्ष बसन्ती राईका अनुसार कार्यक्रममा साकेला, कौडा, र सालैजो नृत्य प्रदर्शन प्रमुख आकर्षण हुने छ।