यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ... जुनकिरी झैँ ज्योति बाली, अन्धकारमा चम्किन्छ... यि माथीका हरफहरु बहुचर्चित नेपाली राष्ट्रिय गीतको मुखडा हो। नेपाल र नेपालीको इतिहास, भूगोल, राष्ट्रियता, नेपालीपन, नेपाली पहिचान, नेपालीत्व आदि दर्शाउने/ झल्काउने यो राष्ट्रिय गीत, नेपालमा मात्र नभएर नेपाल बाहिर पनि निकै गाउने/ बजाउने गरिन्छ। यस गीतमा सुमधुर संगीत, कर्णप्रिय स्वर र राष्ट्रिय…