मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

संविधानले सबैलाई समेटेको छ : पूर्वराष्ट्रपति यादव

संविधानले सबैलाई समेटेको छ : पूर्वराष्ट्रपति यादव

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताएका छन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा विपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा आज पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरे ।

एक सय १०औँ विपी जयन्तीका अवसरमा बिपी कोइरालाको अर्धकदको सालिक अनावरणका लागि त्यहाँ पुगेका उनले सबैका हक र अधिकार स्थापित गरेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताए । उनले विपीको राष्ट्रवादलाई सबैले अङ्गाल्नुपर्नेमा जोड दिए । नेपालका प्रथम राष्ट्रपति डा यादवले अहिले नेपालीहरु परजीवी बन्दै गएको बताए ।

“हामीले पहिले भारतलगायत अन्य मुलुकमा कृषिजन्य उत्पादन निर्यात गथ्र्यौ, तर त्यही तिनै वस्तुमा भारतलगायतका देशमा परनिर्भर हुनुपरेको छ । यो दुःखद् अवस्था हो”, उनले भने ।

अहिले तराई क्षेत्रमा भइरहेको चुरे दोहनका विषयमा पूर्वराष्ट्रपति डा यादवले चिन्ता व्यक्त गर्दै चुरेको संरक्षण गर्न नसक्दा तराई मरुभूमि जस्तै बन्न थालेको उल्लेख गरे । प्राकृतिक स्रोतहरुको चरम दोहनले भोलिका दिनमा मानव सङ्कट पर्ने बताउँदै उनले प्राकृतिक सम्पदाको दोहन रोक्नुपर्नेमा जोड दिए ।