काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १६ जना सांसदलाई अनुसन्धान गर्न सिफारिस गरेको छ । बुत्रबार सार्वजनिक गरिएको आयोगको प्रतिवेदनले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा उनीहरुको भूमिकामाथि अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको हो । आयोगले जेनजी आन्दोलनकाक्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा संलग्नता रहेको…