नेपाल

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ : गृहमन्त्री गुरुङ

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ : गृहमन्त्री गुरुङ


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने क्रममा देखाएको नागरिक ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद प्रकट गरेका छन् ।

खोज, उद्धार तथा राहत कार्यका लागि आवश्यक परेका हेभी उपकरण जुटाउन सहयोग गर्ने सर्वसाधारणप्रति उनले आभार व्यक्त गरेका हुन्।

Advertisement

सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले थप मिनी एक्सकाभेटरको आवश्यकता परेपछि नागरिकले दिएको सूचना, देखाएको तत्परता र सहयोग अमूल्य रहेको उल्लेख गरेका छन् ।

नागरिककै सक्रिय सहयोगका कारण आवश्यक एक्सकाभेटर प्राप्त भइसकेको उनले जानकारी दिएका छन् ।

विपत्‌को यो कठिन समयमा राज्यका हरेक नागरिक एकजुट भएर लाग्दा जुनसुकै चुनौतीको पनि सजिलै सामना गर्न सकिने धारणा व्यक्त गर्दै उनले यो ऐक्यबद्धताले राहत र उद्धार कार्यमा थप हौसला मिलेको बताएका छन् ।