शान्ति सुरक्षा सम्बन्धमा एमालेद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एमाले)ले मुलुकको पछिल्लो शान्ति सुरक्षाबारे उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ । एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईको नेतृत्वमा गएको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेटी आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको दुर्व्यवहारको प्रयास र काठमाडौँ वडा नं ६ सरस्वतीनगरमा एक जना महिलाको हत्या भएको सम्बन्धमा ध्यानाकर्षण गराएको हो । नेता…