काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । आइतबार यहाँ आइपुगेका गुटेरेसले काठमाडौँमा राजनीतिक दलका शीर्षस्थ नेतालगायतसँगको भेटपछि सोमबार सगरमाथा क्षेत्र र पर्यटकीय नगरी पोखरा पुगे । उनले आजै अर्को महत्त्वपूर्ण पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर पुगे भने त्यहाँबाट…