नेपाल

पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु

पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

पाल्पा । पाल्पामा मंगलबार साँझ जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्लाको तिनाउँ गाउँपालिका–६ स्थित मस्याममा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

Advertisement

मृतकको पहिचान हुन सकेको छैनभने घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ । डुम्रेबाट कुसुमखोलातर्फ गइरहेको जिप दुर्घटना भएको हो ।