गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न पछिल्लो समय नेपाली कांग्रेसमाथि हमला भइरहेको बताएका छन् । कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनलाई आज गोरखा सदरमुकाममा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डेले कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर पार्न सकिन्छ भनेर कांग्रेसलाई कमजोर बनाउने खेल भइरहेको बताए । “अहिलेको राजनीतिक…