मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड

नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई कायमै राख्नुपर्नेमा जोड दिएका छन् ।

पोखरा-१२ रामघाटस्थित अमरसिंह माविको बिहीबार अवलोकन गर्दै राजदूत श्रीवास्तवले विद्यालय भवन निर्माणका लागि दूतावासले रु २० करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतको रक्षाका लागि गोर्खा सैनिकहरुको योगदान रहेको स्मरण गर्दै उनले नेपालमा भारतीय भूपु नेपाली सेनामार्फत विभिन्न खानेपानी, शिक्षा, स्वास्थ्य र सडकलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन आफू प्रतिबद्ध भएको बताउँदै नेपालमा प्रवेश गर्ने सडकको स्तरोन्नति गर्दै पर्यटकलाई सहजरुपमा यातायातको व्यवस्था मिलाउन आफूले भूमिका खेल्ने पनि उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा तथा वडा नं १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले आफ्ना भनाइ राखेका थिए ।

नेपालकै नमुना माविका रुपमा परिचित अम्मरसिंह माविमा दुई हजार नौ सय विद्यार्थी अध्ययनरत छन् भने एक सय ३७ शिक्षक कर्मचारी छन् । दुई सयभन्दा बढी रोपनीमा फैलिएको उक्त विद्यालय पोखराकै पुरानो विद्यालयकारुपमा चिनिन्छ ।

नेपाल–भारतमैत्री सङ्घअन्तर्गत मेजर वीरसिंह गुरुङको पहलमा दूतावासले ५५ वर्षअघि विद्यालयका भवन निर्माण गर्नुका साथै केही वर्षअघि पुस्तकालयको भवन र पुस्तक हस्तान्तरण गरेको थियो ।