काठमाडौँ । उरुग्वेलाई १–० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । यो जितपछि स्पेन समूह एचमा ७ अङ्क जोडेर समूह विजेता बनेको छ । स्पेनका लागि एलेक्स बायनाले मात्र एक गोल गरे । दुई पूर्व विजेताबीचको खेलमा उरुग्वेका लागि समूह चरण पार गर्न जित निकाल्नुपर्ने बाध्यता थियो ।…