सिन्धुपाल्चोक । पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै एकजुट हुनुपर्ने बताएका छन् । शनिबार मेलम्ची नगरपालिका–३ हैबुङस्थित स्वास्थ्यचौकी भवन उद्घाटन तथा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले विकास निर्माण, स्वास्थ्य, शिक्षालगायतका काममा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सांसद बस्नेतले आफ्नो कार्यकालमा विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको उल्लेख गर्दै…