मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सदनमा कांग्रेसको प्रश्न : हृदय नदुख्ने कस्तो राजा परिकल्पना गर्दै हुनुहुन्छ ?

सदनमा कांग्रेसको प्रश्न : हृदय नदुख्ने कस्तो राजा परिकल्पना गर्दै हुनुहुन्छ ?

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् विश्वप्रकाश शर्माले तीनकुने घट्नाले सारा जनताको हृदय दुखे पनि पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय नदुखेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा चाहियो भन्ने युवालाई हृदय नदुख्ने कस्तो राजा परिकल्पना गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरे हुन् ।

‘शुक्रबारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ । तोडफोड हुँदा सबैलाई दुख्यो। तर, निर्मल निवासलाई दुखेन । राजा चाहियो भन्ने युवालाई म भन्न चाहन्छु–तीनकुने घट्नाले तपाईंको हृदयलाई दुख्दै गर्दा हृदय नदुख्ने कस्तो राजा तपाईंहरूले परिकल्पना गर्दै हुनुहुन्छ ?,’ उनले प्रश्न गरे।

गणतन्त्रको विकल्प खोज्ने भन्दा पनि यसको प्रक्रियामा सुधार गर्नुपर्ने शर्माले बताए । ‘प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीनवटा नेताको मात्र वरिपरि घुम्न थाल्यो, राजा ल्याइयो भने उहाँहरुबाट मुक्ति हुन्छ भन्ने असन्तुष्टि रहेको छ । बूढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौँला । तर, गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने सम्भावना छ ?,’ भन्दै प्रश्न गरे ।