अमेरिका, बोस्टन। नेपालको सुदूरपश्चिम बैतडी जिल्लाको सुर्नाया गाउपालिका जन्मथलो भइ हाल अमेरिकाको क्यालिफोर्निमा बस्दै आएकी गरिमा चन्द, रक्त क्यान्सर स्वास्थ्य समस्यासंग लडिरहेकी छिन्। उनी युनिभर्सिटि अफ क्यालिफोर्निया, सानडियागोमा अध्ययनरत विद्यार्थी हुन्। चिकित्सा विषयमा अध्ययनका लागि तयारी गर्दै गरेकी प्रिमेड विद्यार्थी चन्दलाई सहयोग जुटाउन सुदूरपश्चिम समाज, लस एन्जलस, क्यालिफोर्निया जुटिरहेको छ। उनको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै समाजले सहयोगका लागि सबैसंग अपिल गरेको छ। चन्दको जीवन रक्षाका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले समाजले गोफण्डमि सार्वजनिक गर्दै आर्थिक सहयोगका लागि सबैसंग अपिल गरेको हो।
समाजका अध्यक्ष दलबहादुर बोगटीले दिएको जानकारी अनुसार क्यान्सरको कारण डेढ वर्षदेखि गम्भिर स्वास्थ्य समस्याबाट गुज्रिरहेकी चन्द हाल अमेरिकाको क्यालिफोर्निया राज्यको डुआर्ट स्थित सिटि अफ होप हस्पिटलमा उपचार गराइरहेकी छिन्। रक्त क्यान्सर उपचारको क्रममा उनमा बोन म्यारो प्रत्यारोपण गरिएको थियो। बोन म्यारो प्रत्यरोपण पश्चात् उनि ग्राफ्ट भर्सर होस्ट रोगबाट पिडित भएकी छिन्। यस रोगका कारण उनको स्वास्थ्य, आर्थिक र मानसिक अवस्था दिनानुदिन कम्जोर हुदै गइरहेको समाजका अध्यक्ष बोगटीले बताए।
समाजले बिरामी चन्द र उनको परिवारको मनोबल बढाउने, उपचारका लागि आवश्यक खर्चको व्यवस्थापन गर्ने र समन्वयकारी भूमिका निर्वाह गर्ने अभियानमा जुटिरहेका सबैलाई धन्यवाद दिदै अरुलाई पनि चन्दको सिघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गर्दै उनको जीवन रक्षाको अभियानमा जोडिन अनुरोध गरेको छ।
क्यान्सर पिडित चन्दका लागि ५१ हजार अमेरिकी डलर आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ खोलिएको ‘गोफण्डमि’ मार्फत यो समाचार तयार पार्दासम्म १७९ जनाले २४,६८९ डलर आर्थिक सहयोग गरिसकेका छन्। थप आर्थिक सहयोग रकम जुट्ने क्रम जारी नै छ।
चन्द हाल क्यालिफोर्नियामा आमा, बुबा र दुइ बहिनीसंगै बस्दै आएकी छिन्। मध्यम वर्गीय चन्दको परिवार नेपालबाट सन् २००७मा अमेरिका भित्रिएका थिए।
तल उपलब्ध ‘गोफण्डमि’ को लिंकमार्फत रक्त क्यान्सर पिडत गरिमा चन्दलाई आर्थिक सहयोग गर्न सकिने छ:
https://gofund.me/79a65aa1
प्रतिक्रिया