काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई सञ्चारमाध्यमले समाचारका रुपमा पस्कन नहुनेतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको छ । मिथ्या सामग्रीलाई गोलमटोल रुपमा पस्किँदा आम जनमानसलाई भ्रम परेको र त्यसले सञ्चार माध्यमको विश्वसनीयतामै धक्का लागेकोतर्फ सबै सचेत हुनुपर्ने उहाँको धारणा थियो । युट्युब व्यवस्थापनका सन्दर्भमा काउन्सिलले आइतबार आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा…